काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूको संलग्नतामा सहकारी क्षेत्रमै भइरहेको ठगीका कारण लाखौं नागरिकको पसिनाको कमाइ संकटमा परेको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले सहकारी ठगी प्रकरणमा संलग्नहरू खुलेआम हिँडिरहँदा पीडितहरू सुकुम्बासी बन्ने स्थितिमा पुगेको आरोप लगाए। उनले गृहमन्त्री रमेश लेखकलाई प्रत्यक्ष प्रश्न गर्दै भनेका छन्, “गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले जेल हाल्नुहुन्छ?”
शाहीले गृहमन्त्रीको भूमिकामाथि गम्भीर आशंका उत्पन्न भइरहेको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलासुस्ती भइरहेकोप्रति आक्रोश व्यक्त गरे।
उनले भने, “यो विषय केवल रवि लामिछानेको व्यक्तिगत मुद्दा होइन, देशभरका सयौं कैदीबन्दीहरूले भोगिरहेको साझा यथार्थ हो। कानुनको समान प्रयोग र निष्पक्ष न्याय आजको आवश्यकता हो।”

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया