काठमाडाैं । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिक जुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेको फोर्स गाडी अनियन्त्रित भई करिब एक सय मिटर तल खस्दा सात जना घाइते भएका छन्।
शुक्रबार बिहान भएको उक्त दुर्घटनामा पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक रविन बाबु रेग्मीले जानकारी दिए।
बा.१ झ ०९७६ नम्बरको गाडी दुर्घटनास्थलमा नियन्त्रण बाहिर गएपछि ठूलो जोखिम उत्पन्न भएको थियो। दुर्घटनास्थल कालिकोटमा पर्ने भएकाले त्यस क्षेत्रको प्रहरी कार्यालयबाट घटनाको जानकारी प्राप्त भएको र अहिले प्रहरी टोलीलाई घटनास्थलमा खटाइएको छ।
घाइतेहरूको थप विवरण आउन बाँकी रहेको छ। दुर्घटनाका कारणबारे अनुसन्धान जारी छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया