काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध लगाएका आरोपहरू निराधार भएको स्पष्ट पारेको छ। पार्टी अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले तल्लो तहसम्म पठाएको सर्कुलरमा प्रभाकरले आत्मआलोचना गर्नुभन्दा उल्टै नेतृत्वमाथि आधारहीन आरोप लगाएको उल्लेख गरिएको छ।

सर्कुलरमा भनिएको छ, “अध्यक्ष कमरेडले स्थायी समिति बैठकको अन्तिमसम्म पनि सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसात् गर्दै कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो। तर प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको बाहेक अन्य विषयमा आत्मआलोचना गर्नुभएन, बरु पार्टी नेतृत्वमाथि निराधार आरोप लगाउनुभयो।”

advertisement

प्रभाकरका पछिल्ला सार्वजनिक अभिव्यक्ति र गतिविधि पार्टीको नीति तथा एकतालाई कमजोर पार्ने खालका भएको भन्दै स्थायी समिति बैठकमा गम्भीर छलफल भएको पनि सर्कुलरमा उल्लेख छ।

बैठकमा उनले उपमहासचिवको हैसियतले पदाधिकारी बैठकको माइन्युटमा हस्ताक्षर नगरेको, पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, गुटबन्दी प्रवृत्तिलाई बढावा दिएको जस्ता गतिविधि अनुशासनविपरीत भएको ठहर गरिएको छ।

यसका आधारमा स्थायी समितिले प्रभाकरका अभिव्यक्तिहरूलाई अस्वीकार गर्दै कडा आलोचनासहित भविष्यमा यस्ता गतिविधि दोहोर्याउन नहुने निर्देशन दिने निर्णय गरेको सर्कुलरमा उल्लेख छ।

त्यस्तै, पार्टीभित्र फरक मत भए पनि त्यसलाई विधिसम्मत प्रक्रियाबाट छलफल गर्न सकिने वातावरण सुनिश्चित रहेको भन्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरिएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com