काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकताको पहल गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
साउन १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा गरेको हो। बैठकपछि तल्ला संगठन इकाइहरूलाई पठाइएको सर्कुलरमा भनिएको छ, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न आवश्यक पहल थाल्न वार्ता समिति बनाउने निर्णय गरिएको छ।”
त्यसैगरी बैठकले समाजवादी मोर्चामा आवद्ध अन्य दलहरूसँगको सहकार्य थप बलियो बनाउँदै समान विचारधाराका अन्य पार्टीहरूसँग पनि समन्वय र समझदारी विस्तार गर्दै आवश्यकताअनुसार पार्टी एकता समेतको सम्भावनाबारे पहल गर्ने निर्णयसमेत गरेको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया