काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितारज पाण्डेले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न दुई वा तीन चरणमा विभाजन गरेर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै पाण्डेले असार १७ देखि साउन १५ सम्मको प्रगति मात्र ३.३० प्रतिशत रहेकाले यो स्थिति सन्तोषजनक नभएको बताए।

advertisement

उनले भनाए, “पहिले नै काम समयमै सक्ने भनिएको थियो, तर अहिलेसम्म समयमै काम सकिएको छैन। कागजमा मात्रै प्रगति देखिएको छ। अब दुई वा तीन चरणमा काम विभाजन गर्ने विषयमा सरकारले सोचिरहेको हुन सक्छ, तर संशोधनले काम सकिन्छ कि सकिन्न भन्नेमा आशंका छ।”

प्रमुख सचेतक पाण्डेले संसदीय समितिले सरकारलाई सहयोग पुर्‍याउन आवश्यक सुझाव र पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। उनले समयमै काम सम्पन्न गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com