काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सानो भनि हेर्न नमिल्ने बताएका छन्। उद्योग व्यवसायीको अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले जनताको मन जित्दै अघि बढिरहेको दाबी गरेका छन्।
माधव नेपालले भने, “समाजवादी मोर्चामा समस्या देखिएको बेला पनि हामीले पहल गर्यौँ। धेरैले आफ्ना पार्टीको काममा मात्रै केन्द्रित भएर छलफल नगरेको गुनासो थियो।”
उनले मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्दै जनतामाझ सकारात्मक प्रभाव पारिरहेको र जनताको मत जितेपछि मन जितेर काम गरे पार्टी दीगो र फैलँदै जाने बताए।
नेपालले थपे, “हामीलाई सानो भन्नु अर्थ छैन। एउटा सांसद मात्र जितेको पार्टीलाई के भन्ने? हामीले तीन प्रदेशमा मुख्यमन्त्री बनाएका छौँ — बागमती, कोसी र सुदूरपश्चिम। त्यो हाम्रो हैसियत र शक्ति हो। त्यसैले हामीसँग उथलपुथल गर्न सक्ने क्षमता छ।”
अध्यक्ष नेपालले बजारमा चलिरहेका हल्लामा नधोका पार्टी निर्माण र मजबुत बनाउने काममा सबै सदस्यलाई लाग्न निर्देशन समेत दिएका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया