काठमाडौं ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम मुद्दा दायर गरेको छ।

आयोगले वडा नं. ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत रु. १ लाख घुस लिएको पुष्टि भएपछि साहलाई रंगेहात पक्राउ गरेको थियो।

advertisement

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

आयोगले यस घटनालाई गम्भीरताका साथ लिएर थप अनुसन्धान अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com