काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबीच शुक्रबार दिउँसो भेटवार्ता सम्पन्न भएको छ।
श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको सो भेटमा समसामयिक राजनीतिक परिस्थितिका साथै वामपन्थी एकता र सहकार्यका सम्भावनाबारे गम्भीर छलफल भएको एक नेताले जानकारी दिए।
हाल माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकताका लागि संवाद प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। त्यसैअनुसार कार्यदल गठनको प्रक्रिया पनि अघि बढाइएको छ।
यसैबीच, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पार्टी एकतासम्बन्धी कुराकानी गरिरहेका छन्। श्रेष्ठ–भुसाल भेटघाट पनि यही पृष्ठभूमिमा भएको बताइएको छ।
वर्तमान राजनीतिक परिदृश्यमा वामपन्थी दलबीच सहकार्य र सम्भावित एकता प्रक्रियाले फेरि गति लिने संकेत देखिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया