काठमाडौं । गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुदृढ र उन्नत बनाउनु वर्तमान राजनीतिक प्राथमिकता भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानले सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग र भूगोलको उचित प्रतिनिधित्व गराएर समावेशी चरित्रको राज्य निर्माण गरेको उल्लेख गरे।
उनका अनुसार संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो र संविधानको कार्यान्वयन, रक्षा तथा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई दृढताका साथ अगाडि बढाइरहेको वर्तमान सरकारको प्रतिबद्धता रहेको छ।
लेखकले संविधानको रक्षा र समावेशी राज्य निर्माणलाई आजको मुख्य राजनीतिक मुद्दा भनेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया