काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै सुरु गरिएको हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढीले हस्ताक्षर गरेका छन्।
रास्वपाले साउन २३ सम्ममा ३२ लाख ६ हजार ६ सय ८ व्यक्तिले लामिछानेको पक्षमा हस्ताक्षर गरेको र ६२ लाख १६ हजार ६ सय ६९ रुपैयाँ संकलन गरेको जानकारी दिएको छ।
असार ७ देखि जारी हस्ताक्षर अभियानले लामिछाने विरुद्ध राज्यद्वारा राजनीतिक प्रतिशोध भएको दाबी गर्दै उनी कारागारबाहिरै मुद्दा लड्न पाउनुपर्ने माग राखिएको छ।
हाल रवि लामिछाने कारागारमा पुर्पक्षका लागि थुनामा छन्, उनीमाथि सहकारी ठगी प्रकरणको आरोप लागेको छ। रास्वपाले राजनीतिकर्मी, कलाकार र जनताबाट हस्ताक्षर संकलन गर्दै समर्थक जुटाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया