काठमाडौं । गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक म्याद थप गरी थप पाँच दिन हिरासतमा राखिने भएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुसन्धानका लागि थप पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका थिए।
त्यस दिन प्रहरीले कुल ४७ जनालाई पक्राउ गरेको थियो भने २८ जनालाई छाडिएको थियो। बाँकी १९ जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।
हिरासतमा रहेका व्यक्तिहरूमा चक्रे मिलनसँगै गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्।
मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा महाराजगञ्जको होटल साम्बालामा होहल्ला गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया