काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अष्ट्रेलियामा क्रिकेट एसिटी र साउथ अष्ट्रेलियासँग पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार खेलहरू आगामी भदौ १० देखि १४ गतेसम्म हुनेछन्।

कार्यतालिका अनुसार, नेपालले भदौ १० गते क्रिकेट एसिटीसँग र भदौ १२ गते साउथ अष्ट्रेलियासँग समान दुई-दुई ट्वान्टी–२० खेल्नेछ। पहिलो खेल बिहान ४:४५ बजे र दोस्रो खेल बिहान ९:४५ बजे सुरु हुनेछन्।

भदौ १४ गते नेपालले साउथ अष्ट्रेलियासँग एकदिवसीय खेल खेल्नेछ, जसको सुरुवात बिहान ५:४५ बजे हुनेछ।

यसअघि, नेपाली टोलीले अष्ट्रेलियाको डार्विनमा साउन २९ देखि भदौ ८ गतेसम्म हुने टप एन्ड टी–२० सिरिजमा भाग लिनेछ। उक्त सिरिजमा नेपालले अष्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टिम, पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ।

यी खेलहरू आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप छनोटको तयारीअन्तर्गत खेलिन लागेका हुन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com