काठमाडौं ।  सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रित भएर निरन्तर वर्षा भइरहेको छ। मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा डोटीमा ८८.६, कैलालीमा ७४.६ र बैतडीमा ६९.४ मिलिमिटर वर्षा मापन भएको छ।

विभागका मौसमविद् डेभिट ढकालले बताए अनुसार गएरातिदेखि पश्चिम नेपालमा मनसुन बढी सक्रिय रहेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा बैतडी (११६ मिलिमिटर), अछाम (९८), कैलाली (९०.६) र डोटी (९२.४) मा परेको छ।

advertisement

सिन्धुपाल्चोक, नुवाकोट, कास्की र पर्वत जिल्लामा पनि भारी वर्षा भएको र धेरै वर्षा मापन केन्द्रमा अभिलेख कायम भएको उनले जानकारी दिए।

वर्षा अहिले सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशका केही स्थानमा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले भोलि रातिदेखि वर्षा क्रमशः कम हुने र केही ठाउँमा मात्रै भारी वर्षा हुने अनुमान गरेको छ।

 

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com