काठमाडौं ।  देशका विभिन्न क्षेत्रमा मौसमी प्रणाली सक्रिय रहेकाले मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू-भाग, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र कास्की, साथै कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, डोल्पा र मुगु (सिमिकोट आसपास) मा हाल मौसमी प्रणाली सक्रिय रहेको छ। ती क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले जारी गरेको सूचनामा मौसमी प्रणाली दक्षिण-पश्चिम दिशातर्फ विस्तार भइरहेको जनाइएको छ। जसका कारण प्रभावित क्षेत्रहरूमा आगामी केही घण्टासम्म मौसम अस्थिर रहन सक्ने उल्लेख गरिएको छ। महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

 

प्रकाशित मिति: ३ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com