एजेन्सी । राजधानी अल्जियर्स नजिकै शुक्रबार साँझ भएको एक भायनक बस दुर्घटनामा कम्तीमा १८ जनाको ज्यान गएको छ । यात्रु बोकेको बस पुलबाट नदीमा खस्दा ठूलो क्षति भएको हो।

दुर्घटनामा धेरैजना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । उद्धारकर्मीहरूले अबेर रातिसम्म नदीमा उद्धार कार्य जारी राखेका थिए।

यस दुःखद घटनापछि अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com