काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षयता निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्।

प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्दै सेवाको सुदृढीकरणमा प्राधिकरण सक्रिय रहेको उल्लेख गरे। उनले विगतका उपलब्धिहरूको समीक्षा, वर्तमान चुनौतीहरूको समाधान र नेपालको समग्र प्रगतिमा योगदान गर्ने प्रतिबद्धता यस अवसरले पुनः प्रस्ट्याएको बताए।

advertisement

लामो समयसम्म रहेको लोडसेडिङको अन्त्य प्राधिकरणको ऐतिहासिक उपलब्धि भएको उनको भनाइ थियो। ऊर्जा विकासलाई दीर्घकालीन रूपमा सक्षम बनाउन उच्च भोल्टेज प्रसारण लाइन र सबस्टेसनको विकासलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनले स्पष्ट पारे।

त्यस्तै, ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत् आयोजना अध्ययन र निर्माणलाई केन्द्रमा राखिएको उनले जानकारी दिए। वितरण प्रणालीको सुदृढीकरण र विद्युत् ग्राहकसम्म सहज र प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक संरचना विकासमा प्राधिकरण निरन्तर लागिपरेको उनले बताए।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com