काठमाडाैं । पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तस्थित शाङ्गला जिल्लामा आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको छ। शुक्रबार बिहान मुसलधारे वर्षापछि आएको बाढीले ख्वर बन्द गाउँलाई तहसनहस बनाएको हो।
जिल्ला प्रशासनका अनुसार बाढीमा परेर सो गाउँमा मात्रै २० जनाको ज्यान गएको छ भने पाँच जना अझै बेपत्ता छन्। समग्र जिल्लामा मृतकको संख्या ३६ पुगेको अधिकारीहरूले जनाएका छन्।
पछिल्ला दिनहरूमा लगातारको वर्षा र भीषण बाढीका कारण पाकिस्तानभर ठूलो मानवीय क्षति भएको छ। क्लाउड ब्रष्टको असरमा परेका क्षेत्रमा मात्रै हालसम्म ३२३ जनाको मृत्यु भएको खैबर पख्तुन्ख्वा प्रान्तीय अधिकारीहरूले पुष्टि गरेका छन्।
सुरक्षाकर्मी र राहत टोली अहिले उद्धार र हराइरहेका व्यक्तिहरुको खोजीमा जुटिरहेका छन्। बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने काम पनि निरन्तर भइरहेको अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया