चितवन। चितवनको रामपुरस्थित कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बेरेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पूरीका अनुसार स्थानीयले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। वस्तु शंकास्पद देखिएकाले तत्काल सुरक्षा सतर्कता अपनाइएको उनले बताए।

उक्त वस्तुको प्रकृति के हो भन्ने विषयमा परीक्षण गर्न बाँकी रहेको जनाइएको छ। पहिचान र आवश्यक निष्कर्षका लागि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको छ। टोलीले घटनास्थलमा पुगेर वस्तुको जाँच तथा सुरक्षित व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com