काठमाडौं। सर्वोच्च अदालतले गौर नरसंहारको अनुसन्धान अघि बढाउन आदेश जारी गरेसँगै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई बोलाएर छलफल गरेका छन्।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार रौतहटको गौर नरसंहारमा छानबिन अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो।

त्यसपछि मंगलबार गृहमन्त्री लेखकले मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँग भेटघाट गरी मुद्दाको प्रगतिबारे छलफल गरेका हुन्। गृह स्रोतका अनुसार बैठक हाल पनि जारी रहेको छ।

सन् २००७ को चैत ७ गते रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए। उक्त दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com