काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्रतिनिधि सभाको रेकर्डबाट हटाउन माग गरेका छन्।

संसद बैठकमा बोल्दै सांसद कार्कीले कांग्रेस–एमालेका सांसदहरूले “खाली कागजमा सही गरेको” भन्दै धिक्कार प्रकट गरेकी थिइन्।

उनको भनाइपछि तत्क्षण उठेका सांसद थापाले यस्तो अभिव्यक्ति लाञ्छनापूर्ण भएको दाबी गर्दै भने, “हामी मण्डले तन्त्रविरुद्ध लडेर आएका हौं, सार्वभौम जनताको प्रतिनिधि हौं। यस्तो टिप्पणी अस्वीकार्य छ, रेकर्डबाट हटाउनुपर्छ।”

थापाले आफूहरूले जानेर–बुझेर मात्रै हस्ताक्षर गरेको स्पष्ट गर्दै कार्कीको आरोपलाई खण्डन गरे।

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com