काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा जारी युद्ध अन्त्यका लागि बन्धकहरूको रिहाइ समावेश हुने ʻइजरायललाई स्वीकार्यʼ शर्तमा वार्ता अघि बढाउने निर्देशन दिएका छन्।

उनले इजरायली सेनालाई जानकारी दिँदै, मन्त्रिपरिषद्ले गाजाको उत्तरी क्षेत्रमा ठूलो सैन्य आक्रमण गर्ने योजना अनुमोदन गरेको भए पनि यसका लागि अन्तर्राष्ट्रिय तथा घरेलु विरोध रहेको बताए।

कतार र इजिप्टले मध्यस्थता गरेर तयार पारेको ६० दिने युद्धविराम प्रस्तावमा हमासले सोमबार सहमति जनाएको छ। यस प्रस्तावअनुसार गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गर्नुपर्ने व्यवस्था छ। तर नेतान्याहूले अहिलेसम्म प्रस्तावलाई स्वीकार नगरेका छन् र आफ्ना सबै बन्धकको रिहाइ सुनिश्चित गर्ने उद्देश्यले वार्ता अघि बढाउन निर्देशन दिएका छन्।

इजरायल र हमासबीचको संघर्ष ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमाथि हमासको आक्रमणपछि सुरु भएको हो।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com