एजेन्सी । उत्तर कोरियाले आफ्ना सैनिकहरूमाथि दक्षिण कोरियाली सेनाले गोली प्रहार गरेको भन्दै कडा आपत्ति जनाएको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएद्वारा शनिबार प्रकाशित समाचारअनुसार, कोरियन पिपुल्स आर्मीका उप–प्रमुख को जोङ छोलले दक्षिण कोरियाले गरेको कदमलाई ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भन्दै तत्काल रोक्न चेतावनी दिएका छन् ।

advertisement

उनले यो कदमलाई ‘गम्भीर उत्तेजक’ भन्दै दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकतर्फ १० भन्दा बढी चेतावनी स्वरूपका गोली प्रहार गरेको दाबी गरे ।

को जोङ छोलले भनेका छन्, ‘यो निकै गम्भीर पूर्वसङ्केत हो जसले दक्षिणी सीमा क्षेत्रमा ठूलो संख्यामा तैनाथ भएका दुवै पक्षका सेनाबिचको टकरावलाई अनियन्त्रित चरणमा पुर्‍याउनेछ ।’

घटना मंगलबार भएको र त्यसबेला उत्तर कोरियाली सैनिकहरू सीमामा स्थायी तवरले मजबुत बनाउने काममा संलग्न रहेको केसीएनएले जनाएको छ ।

यसैबिच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाली सैनिकहरूले अस्थायी रूपमा सीमा रेखा पार गरेपछि चेतावनीका गोली चलाएको दाबी गरेको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com