काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोरखा-काठमाडौं सम्पर्क विभागले पालिका स्तरीय अन्तरक्रिया कार्यक्र सम्पन्न गरेको छ।

काठमाडौंको वनस्थलीमा आज (शनिबार) दिउँसो १२:३० बजेदेखि साँझ ५ बजेसम्म चलेको कार्यक्रममा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका संगठन विभागका केन्द्रीय सचिव शङ्कर श्रेष्ठ, केन्द्रीय सदस्य एलिजा गुरुङ, जिल्ला सभापति सुवर्ण रोका क्षेत्री, सम्पर्क विभागका सभापति साजन लामिछाने लगायतका नेताहरूको उपस्थित थिए।

advertisement

सोही कार्यक्रममा पालुङटार नगरपालिका काठमाडौं सम्पर्क विभागलाई पुनर्गठन गरिएको छ। नवगठित विभागका प्रमुख गणेश अम्गाईले आफ्नो धारणा राख्दै जनस्तरमा पार्टीको सिद्धान्त र एजेन्डा पुर्‍याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित पार्टीका केन्द्रीय, जिल्ला र पालिका तहका नेताहरूले पार्टीको धारणा, भविष्यका योजना र संगठन विस्तारका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com