काठमाडौँ । अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ।

हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल गर्दै साउदी सुपर लिगको उपाधि जितेको हो।

यस अघि निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २(२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। २-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए।

त्यस्तै यसअघि अहलीका लागि फ्र्यांक केसिएले गोल गरेका थिए। त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए।

 

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com