काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद ईश्वरी न्यौपानेलाई अघि सार्ने निर्णय गरेको छ।
मंगलबार बिहान सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ।
यसअघि समितिको सभापति रहेका रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा न्यौपानेलाई पठाउने निर्णय भएको हो। पार्टी स्रोतका अनुसार हाल सुनुवाई समितिकी सभापति रहेकी न्यौपानेको स्थानमा खतिवडालाई लैजाने तयारी गरिएको छ।
प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार













प्रतिक्रिया