विराटनगर । मोरङ जिल्ला कारागारस्थित महिला सेलको शौचालयमा एक महिला कैदी मृत भेटिएकी छन्। कारागार प्रमुख गौरव ढुङ्गेलले बुधबार बिहान करिब ४ बजे कैदी झुन्डिएको अवस्थामा शव फेला परेको पुष्टि गरेका छन्।

मृतक सुनसरी बराहक्षेत्र नगरपालिका–६ निवासी ३२ वर्षीया राधा (राधिका) भट्टराई हुन्। उनीमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो। सुनसरी जिल्ला अदालतले गत वर्ष कात्तिक ७ गते उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो।

भट्टराईले आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हाम फालेकी थिइन्। त्यतिबेला उनी स्वयं र एक सन्तानलाई जोगाइए पनि अर्को सन्तानको मृत्यु भएको थियो। त्यही घटनापछि उनीमाथि मुद्दा चलाइएको हो।

उनी २०८० माघ ५ गतेदेखि मोरङ कारागारमा सजाय भोगिरहेका थिए। हाल फेला परेको घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com