काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपालमा प्रचलित विभिन्न विचारधारामाथि व्यंग्य गर्दै अब लेनिन, स्टालिन र गोर्भाचोभको विचार पनि एकैसाथ पढ्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमार्फत जनताको बहुदलीय जनवाद, नयाँ जनवाद, परिमार्जित नौलो जनवाद र वातावरणीय जनवादलाई एकैपटक अध्ययन, छलफल र मतदानमा प्रयोग गरिएको उल्लेख गर्दै यस्तो व्यंग्यात्मक प्रतिक्रिया दिएका हुन्।

advertisement

उनले भने, “एकसाथ मदन भण्डारीको जनताको बहुदलीय जनवाद, मोहनचन्द्र अधिकारीको नयाँ जनवाद, सिपी मैनालीको परिमार्जित नौलो जनवाद र रघुपन्तको वातावरणीय जनवाद पढियो, बोलियो, मत हालियो। अब एकसाथ लेनिन, स्टालिन र गोर्भाचोभ पढ्न परो के रैछ?”

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com