काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३, चपली चोकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

घटनामा मृत्यु हुने व्यक्ति बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ हुन्। उनको चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलले बा२ज ४९११ नम्बरको ट्याक्सीसँग ठोक्किएको थियो।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई प्रारम्भिक उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यसपछि उनलाई मण्डिखाटारस्थित हेम्स अस्पतालमा रेफर गरिएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिएका छन्।

सोही घटनामा संलग्न ट्याक्सी चालक दीपक मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दुर्घटनाको कारण र जिम्मेवारी सम्बन्धमा अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com