काठमाडाैं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
बुधबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा सुरुदेखि नै आक्रामक देखिएको बंगलादेशले नेपाली खेलाडीलाई दबाबमा राख्दै सहज जित निकालेको हो।
प्रतियोगिताको चौथो खेलमा नेपालले पहिलो हाफमै गोलको अवसर पाएको भए पनि प्रहारलाई गोलमा परिणत गर्न सकेन। लगातार आक्रमण गर्दै आएको बंगलादेशले भने पहिलो हाफमै दुई गोल गर्न सफल भयो। दोस्रो हाफमा थप दुई गोल गरेको बंगलादेशले आफ्नो अग्रता सुदृढ बनायो।
नेपालले गरेकाे एक मात्र सान्त्वना गोल फर्काए पनि हार टार्न सकेन। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले यसअघि खेलिएका तीन खेलमध्ये एकमा जित, दुईमा हार ब्यहोरेको थियो। प्रतियोगितामा नेपालले अब अन्तिम समूह चरणको खेल खेल्नेछ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया