गण्डकी ।  चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंहठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतारेकाे छन् ।

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गर्ने लक्ष्यअनुुरुप उहाँले अकला मन्दिरलाई क्यानभासमा कोरेका हुन् ।

advertisement

प्राज्ञ सिंहले कला यात्रा पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयहरूमा वितरण गरिने बताए । लामो समयदेखि कला क्षेत्रमा त्रियाशील उनले हालसम्म १५० भन्दा बढी सम्पदास्थललाई क्यानभासामा उतारिसकेका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य रहिसकेका उनले राष्ट्रको उन्नयनका निम्ति हरेक नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताए ।

अकला देवीको मन्दिर कालीगण्डकी उपत्यकाको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल हो ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com