काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को आधिकारिक वेबसाइट ह्याक भएको छ।
आज बिहान केही समयसम्म उक्त साइटमा ‘ह्याक’ गरिएको उल्लेख देखिएको थियो। तर पछिल्लो अवस्थामा भने साइटमा ‘पेज नट फाउन्ड’ मात्र देखिएको छ।
हवाई कम्पनीहरुको नियमन तथा सुरक्षामा प्रत्यक्ष संलग्न निकायकै वेबसाइट ह्याक हुनु गम्भीर विषय भएको साइबर सुरक्षाविद्हरूको टिप्पणी छ।
तर, प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने वेबसाइट ह्याक नभई ‘अन्डर मेन्टिनेन्स’ (सम्भार–सम्भारमा) रहेको दाबी गरेका छन्।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया