काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संघीय संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।

बिहीबार सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच भएको छलफलमा सभामुखले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन्।

छलफलपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारसँग कुरा गर्दै भने, भोलि सम्माननीय प्रधानमन्त्रीज्यू स्वयं संसद्मा उपस्थित भई सम्बोधन गर्ने जानकारी सभामुखज्यूले दिनुभयो।

प्रधानमन्त्रीको सम्बोधनलाई लिएर संसद् बैठकमा विशेष चासो बढेको छ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com