- तस्बिर- क्यान
काठमाडौं । भारतको आसाम राज्यसँगको पहिलो खेलमा नेपाल ‘ए’ क्रिकेट टोली डकवर्थ–लुइस प्रणाली (डीएलएस) अनुसार १५ रनले पराजित भएको छ।
बिहीबार गुवाहाटीमा भएको खेलमा आसामले टस हराएपछि पहिले ब्याटिङ गर्दै २० ओभरमा आठ विकेट गुमाएर १९० रन बनाएको थियो। नेपालले १९१ रनको लक्ष्यसहित ब्याटिङ सुरु गरेको थियो, तर आठ ओभरपछि वर्षाका कारण खेल रोकिएको थियो। डीएलएस अनुसार नेपाल १५ रनले पराजित घोषित भयो। आठ ओभरमा नेपालले ६४ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो।
नेपालका शुभ कंशाकारले २१ बलमा ३३ रन बनाए, जसमा तीन चौका र दुई छक्का थिए। कप्तान अनिल साहले १४ बलमा २० रन बनाउँदै चार चौका प्रहार गरे।
नेपालले दोस्रो खेल शुक्रबार आसामसँग खेल्नेछ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया