धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार किशोरको शव फेला परेको छ।
गोदावरी नगरपालिका–९ मा रहेको खुटिया नदीमा दिउँसो करिब २ बजेतिर नुहाउने क्रममा उनीहरू नदीमा बगेका थिए। सात जनाको समूह नदीमा पसेका मध्ये चार जना बेपत्ता भएका थिए भने अन्य तीन जनालाई सकुशल उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार मृतकमा धनगढीका १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।
शव फेला परेसँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया