काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा दिने मामिलामा नेपाल संसारकै अग्रपङ्क्तिमा परेको भन्दै सरकारको कटाक्ष गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने, “सभामुख महोदय, आज एउटा रमाइलो खबर छ—नेपाल सार्वजनिक बिदा दिनेमा संसारमै पहिलो नम्बरमा परेको छ।”
उनले विश्वका अन्य देशहरूसँग तुलना गर्दै भने, “सबैभन्दा धेरै सार्वजनिक बिदा दिने दोस्रो देश इरान हो, त्यसपछि म्यानमार, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, चिली, म्यानमार, मलेसिया र यसरी क्रमबद्ध हुँदै इस्ट इमोर १५ औं नम्बरमा छ। नेपाल पहिलोमा परेका कारण सरकारले यस विषयमा ध्यान दिनुपर्छ।”
सांसद खतिवडाले सार्वजनिक बिदा व्यवस्थापन सुधार गर्न सरकारलाई सुझाव दिनुका साथै यस विषयमा सुधार नगर्दा उत्पादकता र प्रशासनमा असर पर्ने पनि औँल्याए।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया