काठमाडाैं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको ७३ वर्षको उमेरमा निधन भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीका अनुसार, मुसलमानको शनिबार बिहान करिब ९ बजे हृदयघातका कारण निधन भएको हो। केही समयदेखि मुटु सम्बन्धी समस्यामा रहेका उनी पछिल्ला दिनमा मानसिक तनावसमेत भोगिरहेको जानकारी दिइएको छ।

advertisement

मलेसिया पारिवारिक भ्रमण सकेर शुक्रबार मात्रै स्वदेश फर्किएका मुसलमानलाई शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मजिदिया अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचार सम्भव नभएपछि भैरहवा लैजाने तयारी हुँदै गर्दा उनको निधन भएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित मुसलमान २०७९ सालको स्थानीय तह निर्वाचनमा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई पराजित गर्दै नगरप्रमुख बनेका थिए। सरल, मिलनसार र सहज स्वभावका उनी चार छोरा र तीन छोरीका पिता थिए।

उनको पार्थिव शरीर हाल पारिवारिक घरमा राखिएको छ भने धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com