काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दक्षिण अस्ट्रेलियासँगको ४५ ओभरको अभ्यास खेल रोमाञ्चक शैलीमा जितेको छ। कप्तान रोहित पौडेलको अविजित शतक र अन्तिमतिर सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङले नेपाललाई २ विकेटको जित दिलायो।

२४३ रनको लक्ष्य पछ्याएको नेपाल १६१ रनमै ८ विकेट गुमाएर संकटमा परेको थियो। तर कप्तान रोहितले १०१ रनको संघर्षपूर्ण इनिङ खेले भने नम्बर १० मा आएका सोमपाल कामीले ३८ रन जोड्दै जितसम्म पुर्‍याए। यसअघि गुलशन झाले पनि रोहितसँग मिलेर महत्त्वपूर्ण साझेदारी गरेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाको टोली ४५ ओभरमा २४२ रनमा समेटिएको थियो। ह्यारी मानेन्तीले ६३, दुवित हूगानबोजमले ५३, रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन जोडे।

नेपालका बलरहरू उत्कृष्ट प्रदर्शनमा रहे-नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट आफ्नो खातामा राखे।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com