काठमाडाैं । भारतले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । नेपाललाई ५–० गोलले हराउँदै भारतले एक खेल अगावै उपाधि जितेको हो ।

यो जितसँगै भारतले ५ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा रहँदा समान खेलबाट तीन अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान पाँच खेलमा १० अङ्क छ । बङ्गलादेश र भुटानले बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

advertisement

अब अन्तिम खेलमा भारत र बङ्गलादेश तथा नेपाल र भुटान खेल्नेछन् । नेपालको पाँच खेलमा तीन अङ्क र समान खेलमा भुटानको एक अङ्क छ । भारतले यसअघि सन् २०१८ र २०१९ मा साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com