• तस्बिर क्यान

काठमाडौं ।  भारतको आसामविरुद्धको पाँच खेलको टी–२० सिरिज नेपाल ‘ए’ टिमले जितेको छ । गुवाहाटीमा सोमबार सम्पन्न अन्तिम तथा निर्णायक खेलमा नेपालले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्‍यो ।

पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रनको विशाल योगफल बनाएको थियो । नेपालका सन्दीप जोराले सर्वाधिक ६४ रनको योगदान दिए । शुभ कंसाकारले ४१, इशान पाण्डेले ३२ तथा आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे ।

advertisement

२०७ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको आसामले २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो । आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रन बनाए ।

नेपालका बलर पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २–२ विकेट झारे भने बसिर अहमदले १ विकेट लिए ।

यससँगै नेपाल ‘ए’ ले पाँच खेलको टी–२० सिरिज निर्णायक रूपमा आफ्नो नाममा गरेको छ ।

 

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com