काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दर्ता हुन नमानेका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमाथि व्यङ्ग्य गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले एक कविता लेख्दै सरकारको कदमप्रति टिप्पणी गर्दै भनेका छन्– ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि अघि नबढेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। तर, सूचीकरण प्रक्रिया पूरा गरेमा तत्कालै पुनः सक्रिय गर्ने निर्णय समेत मन्त्रालयले गरेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com