काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति असन्तोष व्यक्त गरेका छन्।

बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफूले मन्त्री हुँदा सञ्जाल नियमनका लागि कानुन बनाउनुपर्ने कुरा उठाएको तर सरकारले त्यसको सट्टा देशलाई ‘उत्तर कोरिया’ बनाउन खोजेको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेको थिएँ मैले। तर सरकारले त नर्थ कोरिया बनाउन खोजेछ। विकृति अन्त्य गर्ने नाममा सूचनामाथि बिर्को लगाउने त होइन नि।’

यसअघि सरकारले आजैदेखि नेपालमा सूचीकरण नगरेका फेसबुकसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com