काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा कुनै पनि कमजोरी नआओस् भनेर सधैं सचेत रहन आग्रह गरेकी छन्।

शनिबार राजधानीमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको निजामती सेवा दिवस कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रसेवक कर्मचारीहरू राष्ट्रप्रति समर्पित भएकाले आफ्नो कार्यसम्पादन प्रभावकारी बनाउन निरन्तर सजग हुनुपर्ने बताइन्।

advertisement

उनले सुशासन सुनिश्चित गर्न सरकारले कर्मचारीको कार्यदक्षता नियमित रूपमा अनुगमन र कठोर मूल्यांकन प्रणालीमार्फत निगरानी गर्नुपर्ने आवश्यकता औंल्याइन्।

निजामती क्षेत्रलाई राज्यको महत्वपूर्ण अंग र सेवा प्रवाहको आधारस्तम्भका रूपमा व्याख्या गर्दै भण्डारीले कर्मचारीहरूको योगदानलाई अवमूल्यन गर्नु नहुने स्पष्ट गरिन्।

उनका शब्दमा, ‘निजामती क्षेत्र राष्ट्रको मुख्य पिलर हो। सेवा प्रवाहमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। कहिलेकाहीँ कमजोरी देखिए पनि त्यसलाई समग्र प्रवृत्तिकै रूपमा लिनु हुँदैन। नियमित अनुगमन र मूल्यांकन अत्यावश्यक छ।’

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रसेवामा समर्पित संस्कृतिलाई अझ सबल बनाउनुपर्नेमा जोड दिँदै कर्मचारीलाई जिम्मेवारीपूर्वक र निष्ठापूर्वक काम गर्न प्रोत्साहित गरिन्।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com