वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई अन्तिम चेतावनी दिएका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले लेखेका छन्, ‘हर कोही बन्धकहरूलाई घर फिर्ता ल्याउन चाहन्छन् । सबैजना यो युद्ध समाप्त होस् भन्ने चाहन्छन् ! इजरायलीहरूले मेरा सर्तहरू स्वीकार गरेका छन् । अब हमासले पनि तिनीहरूलाई स्वीकार गर्ने समय आएको छ ।’

ट्रम्पले हमासलाई अन्तिम निर्णय लिन चेतावनीको भाषामा लेखेका छन्– ‘मैले हमासलाई चेतावनी दिएको छु ।’ हमासले सर्तहरूमा सहमति जनाएन भने के परिणाम भोग्नुपर्छ भनेर आफूले स्पष्ट रूपमा बताइसकेको पनि पोस्टमा ट्रम्पले लेखेका छन् । ‘यो मेरो अन्तिम चेतावनी हो, अब आउँदैन !’ ट्रम्पले भनेका छन् ।

अमेरिकाले यो कडा अडान लिएपछि इजरायल र हमासबिच चलिरहेको द्वन्द्व समाप्त हुने विश्वास गरिएको छ । गाजामा विगत २३ महिनादेखि चलिरहेको हिंसा र गोलाबारी रोकिने र अभूतपूर्व मानवीय सङ्कटको सामना गरिरहेका प्यालेस्टिनी जनताले राहत पाउने आशा गरिएको छ । एजेन्सी

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com