काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले जेनजी पुस्ताले सुरु गरेको आन्दोलनमाथि सरकार दमनकारी कदम चाल्न नहुने चेतावनी दिएको छ।

पार्टीका महासचिव घनश्याम भूसालले सोमबार वक्तव्य जारी गर्दै युवाहरूको आन्दोलनलाई सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्। उनले भने, “हाम्रो पार्टी सरकारको हिंसात्मक दमनको कडा निन्दा गर्दछ। युवाहरूको भ्रष्टाचार र कुशासनविरुद्धको आवाजलाई राज्यले सुन्नुपर्छ, दमन गर्नु हुँदैन।”

वक्तव्यमा आन्दोलनकारीलाई समेत संयमित रहन र आन्दोलनलाई हिंसा वा मुठभेडतर्फ नधकेल्न अनुरोध गरिएको छ। “आन्दोलनको गरिमा र जनसमर्थन जोगाउन उत्तेजना वा मुठभेडतर्फ मोड्ने प्रयासबाट सचेत रहन सबैलाई आह्वान गर्दछौं,” वक्तव्यमा उल्लेख छ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com