काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद् भवन परिसरमा भएको जेन–जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जना गम्भीर घाइते भएको पुष्टि भएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार उद्धार कार्यमा खटिएका टोलीहरूले मात्र करिब ५० जना गम्भीर घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएका छन्। महानगरका एम्बुलेन्स सेवामा संलग्न एक कर्मचारीले भने, ‘बानेश्वरबाट उद्दार गरिएका घाइतेमध्ये अधिकांशलाई गोली लागेको छ र उनीहरू रगताम्य अवस्थामा थिए। सामान्य घाइतेको संख्या भने अलगै छ।’

गम्भीर घाइतेहरूलाई सिभिल, ट्रमा सेन्टर, पाटनलगायतका विभिन्न अस्पतालमा पुर्‍याइएको छ। केहीलाई उपचार सम्भव नभएपछि एक अस्पतालबाट अर्को अस्पतालमा सारिएको पनि उद्धारमा संलग्न टोलीले जनाएको छ।

महानगरपालिकासँगै अन्य संस्थाका एम्बुलेन्सहरूले पनि घाइतेलाई अस्पताल पु–याउन सहयोग गरेका थिए। घटनापछि अस्पतालहरूमा भीड बढेको छ भने चिकित्सकहरूले आकस्मिक उपचार सेवामा प्राथमिकता दिइरहेका छन्।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com