काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै छोराछोरीका ‘बा’ हुन नपाएकाले अरूका छोराछोरी मर्दाको पिडा थाहा नपाएको बताएका छन् ।

प्रधानमन्त्री ओलीमाथि निम्नआदर भाषामा फेसबुक स्ट्याटस लेख्दै बालेनले ओली भरौटेहरूको मात्र ‘बा’ हुन सकेको बताए ।

advertisement

सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई निम्न आदरमा सम्बोधन गर्दै मेयर शाहले भनेका छन्, ‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुज्थिस् ।’

उनले सोमबार देशैभर जेनजीको प्रदर्शनमा राज्यले गरेको धरपकडबारे भनेका छन्, ‘यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतङ्कवादी होस् ।’ त्यसपछि ह्यासट्यागमा केपी ओली इज टेरोरिस्ट लेखेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com