काठमाडौं । सरकारले जेनजेड पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्न अनुरोध गरेको छ।
मन्त्रिपरिषद्को बैठकले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति तोडफोड र अराजक गतिविधि गर्ने तत्वको पहिचान गरी छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनमा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे। उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाइने जानकारी दिए।

advertisement

 

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com