काठमाडौँ । नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ।
खेल दशरथ रङ्गशालामा मंगलबार साँझ ५ः ३० बजे हुने तालिका थियो।
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया