काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा सर्वसाधारण हताहत भएको घटनाले आफूलाई अत्यन्त मर्माहत बनाएको भन्दै उनले मृतकका परिवारप्रति समवेदना र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
राष्ट्रपतिले उपचारमा कुनै कमी नहोस् भन्ने आग्रह सरकारलाई गरेका छन्। उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले अप्रत्याशित रूपमा हिंसात्मक रूप लिएको घटनाले मुलुकलाई थप संवेदनशील परिस्थितिमा धकेलेको बताएका छन्।
यससँगै, राष्ट्रपतिले सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्याको समाधान खोज्न आह्वान गरेका छन्।
प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया