काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी अब तत्काल सरकारबाट बाहिरिनुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसको निरन्तर सहभागिता लोकतान्त्रिक मूल्यविरुद्ध हुने चेतावनी दिएका छन्।

गुरुङका अनुसार जेनजी आन्दोलनमा भएको व्यापक दमनले लोकतन्त्रलाई गम्भीर आघात पुर्‍याएको छ। “१९ जनाको ज्यान जाने गरी राज्यले गरेको बल प्रयोगले लोकतन्त्रको चीरहरण भएको छ। यस्तो अवस्थामा कांग्रेस सत्ता साझेदार बनेर बसिरहनु उचित हुँदैन,” उनले भने।

advertisement

उनले कार्यसम्पादन समितिको बैठक स्थगित भए पनि सरकारबाट पार्टी बाहिरिने विषयमा ढिलाइ गर्न नहुने बताएका छन्। यसअघि जेनजी प्रदर्शनका घटनापछि कांग्रेसका दुई मन्त्रीले पदबाट राजीनामा गरिसकेका छन्।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com